१२ आश्विन २०८३, सोमबार | September 28, 2026

महानगरको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न काठमाडौं, नुवाकोट र धादिङका सांसद सहभागी अनुगमन समिति गठन गर्ने निर्णय



काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्नेगरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ ।

सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् ।

समिति गठनबारे जानकारी दिँदै कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताएका छन् ।

उनले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको पनि जानकारी दिएका छन् । यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न उनले आग्रह पनि गरेका छन् ।

समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तीनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  १ : ३५ बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव