११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर लडछौँ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिह्नका साथ निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँन्ग कुरा गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।
माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भए पनि आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने स्पष्ट पारेका हुन्।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाई छ । उनले माओवादी केन्द्रसँग चुनावअघि एकता सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीचको भएको भेटमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ५५ बजे

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने