१७ असार २०८३, बुधबार | July 2, 2026

बन्दकर्तालाई देखाएर दाङमा टिप्पर मालिकले आफ्नै गाडीमा आगो लगाउन लगाए, ३ जना पक्राउ



दाङ। आज बिहानै दाङबाट खबर आयो ‘बन्दकर्ताहरुले बिहानै टिप्पर जलाए एकजना पत्रकार सहित केही बन्द कर्ता पक्राउ’ । नेपालमा अन्यस्थानहरुमा खासै प्रभाव नदेखिएको दाङमा बिहानै बन्दकर्ताहरुले प्रभाव देखाएको समाचार आयो र त्यसैका आधारमा केही स्थानहरुमा खुलेका पसल र यातायातहरु स्वतः बन्द भए । तर बन्दकर्ताले आगजनी गरेको भनिएको समाचार गलत साबित भएको छ ।

बन्दको मौका छोपेर टिप्पर मालिक धनेश्वर भण्डारीको सहमतीमा दाङमा एकाबिहानै टिपर चालक र सहचालकले आफै टिपरमा आगजनी गरेको खुलेको छ । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चारदलद्वारा आह्वान गरिएको बन्दको मौका छोपेर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका खुलासा भएको हो । चालक र सहचालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ भने टिपर मालिक भण्डारीलाई पनि केहीबेर अगाडि प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानै घोराही(लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको थियो ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको बहानामा गाडीमा आगजनी भएको सूचनाका आधारमा गाडी मालिक धनेश्वर भण्डारी, चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरूले गाडी मालिक आफैले आगजनी गर्न भनेपछि आफुहरुले आगो लगाएको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ४ : ३९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)