२१ बैशाख २०८३, सोमबार | May 4, 2026

फेरि दिल्लीबाट जनकपुर आउँदै भारतीय पर्यटक रेल



जनकपुरधाम । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ ।

यसअघि असार ९ गते चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । रेलमा १४ डिब्बा थिए । त्यति वेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए ।

प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए ।

रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बीर कोरिएका थिए । रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो ।

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए । झाका अनुसार यहाँ आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रुको बुकिङ भइरहेको छ । बुकिङ पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुनेछ ।

रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी ९नासिक०, हम्पी, रामेश्वरम् र भद्राचलम् जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न विसं २०७९ असारमा आइपुगेको धार्मिक यात्रालाई निरन्तरता दिन आफूले पहल गरेपछि ‘भारत गौरव पर्यटक रेल’ फेरि आउने निश्चित भएको महाप्रबन्धक झाले बताए ।

अन्तर्राष्ट्रिय सीमा पार गरी समग्ररूपमा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा दोस्रो पटक रेल आउन लागेको हो । महाप्रबन्धक झाका अनुसार आइसकेपछि धार्मिक पर्यटकले जनकपुरधामस्थित जानकी मन्दिर, गङ्गा आरती, धनुषाधाम, मनीमण्डप, सङ्कटमोचनलगायत धार्मिकस्थलको दर्शन गर्नेछन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ७ : ५१ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको