३१ भदौ २०८३, बुधबार | September 16, 2026

लुम्बिनी प्रदेश रेफ्रि कमिशनको अध्यक्षमा बश्याल



बुटवल । लुम्बिनी प्रदेशमा रहेका भलिबल खेलका अन्तराष्ट्रिय-राष्ट्रिय, प्रादेशिक, जिल्ला भलिबल रेफ्रीहरु संगठित भएका छन ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्दै यहा संचालन हुने प्रतियोगिताहरुलाई ब्यवस्थित गर्ने उद्येश्यका साथ रेफ्रिहरुको प्रदेशस्तरीय कमिशन गठन भएको हो ।

रुपन्देहीमा लामोसमयदेखि भलिबलमा योगदान दिदै आएका रेफ्रि बुद्धि बश्यालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । जसको सचिवमा हरिश वली तथा सदस्यहरु किशन चन्द (रुपन्देही), महेश चन्द (बाके), गोबिन्द प्रधान(नवलपरासी), अनन्त श्रेष्ठ( पाल्पा), झलक बुढा( रोल्पा), सन्तोष पुन (गुल्मी), आकाश बेल्बासे (अर्घाखाची), सुजन राना (कपिलबस्तु), भरत कुवर (दाङ) रहेका छन ।

कार्यक्रमको राष्ट्रिय रेफ्रि तथा रेफ्रि कमिशनका अध्यक्ष गौतम प्रसाद लासिवाले उद्घाटन गर्दै भलिबल खेलको विकास लगानी न्युन हुदा सोचजस्तो अन्तराष्ट्रिय स्तरमा खेल पस्कन नसकेको बताए । ‘राष्ट्रिय खेल घोषणा गरेरमात्र हुदैन ।’–उनले भने । यसको विकासका लागि सबै सरोकारवालाहरु लाग्नुपर्ने उनको सुझाव दिए । भौगोलिक हिसाबले समेत नेपालमा भलिबल खेल्न र खेलाउने सम्भावना बोकेकेो क्षेत्रका रुपमा पहिचान दिलाउन सफल रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बश्यालले भलिबल खेलको समयसापेक्ष परिमार्जित भएका नियमहरुबारे जानकारी लिने, छलफल गर्ने र यसको कार्यान्वनमा आफुहरु लाग्ने बताए । देश संघियतामा गएपनि खेलकुद क्षेत्र केन्द्रिकृत हुदा सोचेजस्तो खेलमा विकास हुन नसकेको दुखेसो गर्दै उनले बजेट अभावबाट खेल क्षेत्र गुर्जनुपरेको दुखेसो गरे ।

नेपाल रेफ्रि कमिशनमा आफुहरु रहेकोमा अब प्रदेश कमिशनमा गएको भन्दै अब लुम्बिनी प्रदेशका १२ जिल्लामा भलिबल खेल खेलाउदा ब्यवस्थित गराउन सहयोग मिल्ने उनले बताए । राष्ट्रिय खेल घोषणा गरिएको भलिबल खेलप्रति सरकारको आखा नपुग्दा खेलाडी विदेश पलायन हुने देखी नया खेलाडी उत्पादनमा धक्का पुगेको उनले बताए ।

लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग बहादुर गुरुङले रुपन्देही खेलकुदको उर्वरभुमी भएको बताउदै खेल विकासमा नीजि क्षेत्रको राम्रो लगानी रहेको बताए । खेलकुद गतिविधिमा क्रियाशिल खेलाडी, क्लबहरुलाई समेटेर गठन भएका सबै संघसंस्थाहरुको भौतिक विकासमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद सदस्य अर्जुन घिमिरे, एशियन भलिबल क्यान्डिडेड तथा रेफ्री विकास गुरुङ, राष्ट्रिय रेफ्रि तथा स्याङजा जिल्ला रेफ्रि कमिशन अध्यक्ष अनिल राना, रुपन्देही जिल्ला भलिबल संघका उपाध्यक्ष लोकेन्द्र भण्डारीले सिमित श्रोतसाधनलाई सदुपयोग गर्दै प्रदेशमा विभिन्न क्लबहरु लागेको बताए ।

 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ९ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०