२ पुस २०८२, बुधबार | December 18, 2025

आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्बभन्दा बढी



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार १४.८१ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष नेपालको वैदेशिक निर्यात र आयात दुवै घटेको छ ।

नेपालले गत साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट आयत गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालको आयातमा १२.९० प्रतिशतले घटेको छ ।

नेपालको वैदेशिक निर्यात यस वर्षको साउनमा २८.३८ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८.७९ को साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको साउनमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ११ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल