२९ चैत्र २०८२, आइतबार | April 12, 2026

ओमसतिया गोलीकाण्डका अभियुक्तमध्य २ जना पक्राउ, एक जना फरार



बुटवल । रुपन्देहीको ओमसतियामा भएको गोली काण्डमा संलग्न मध्य २ जनालाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ । गत साउन २९ गते रुपन्देहीको ओमसतिया गाउँपालिका–१ बाइपास रोडमा विकास गुरुङमाथि गोली प्रहार गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

सिद्धार्थनगर–१ बेलहियाका २८ वर्षिय गुरुङलाई गोली प्रहार गरी फरार तीन जनामध्ये योजनाकारसहित दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–७ महुबारीका ३२ वर्षिय पवनराज भर र सिद्धार्थनगर नगरपालिका–४ का २१ वर्षिय मोहम्मद असरद मुसलमान (काजु) रहेका छन् । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै घटनाका मुख्य योजनाकार पवनराज भर रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मीले बताए ।

गत २९ गते रोहिणी गाउँपालिका–१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेष्टुरेण्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी भाग्दै गरेका ३ जनासँग जम्का भेट भएका गुरुङलाई उनीहरुले गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

घाइते गुरुङलाई बाँया कम्मर माथि कोखामा गोली लागेको देखिएको र तत्काल उपचारको लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको थियो । उनीहरुले रेष्टुरेण्टबाट २ तोला सुन, ५५ हजार नगद र ३ वटा मोबाइल फोन समेत लुटेर लगिएको भन्ने पीडितबाट निवेदन प्राप्त भएको एसपी रेग्मीले बताए । प्रहरीका अनुसार पक्राउ परेका पवनराज भर यसअघि सार्वजनिक अपराध, लागूऔषध, डाँका, चोरी र रजहनी चोरीसम्बन्धी अपराधमा मुद्दा चलि सजाय पाइसकेका व्यक्ति हन् ।

पक्राउ गरेका व्यक्तिहरुको साथबाट अटोमेटिक पेस्तोल र चोरी भएको भिभो कम्पनीको मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १० : ०० बजे

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर