१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जलवायु परिवर्तनको असरः हिमनदीमा हिउँको मात्रमा तीब्र गिरावट



जेनेभा । स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ ।

सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीब्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।

पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनहरूको विश्लेषणको आधारमा स्विट्जरल्याण्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे ।

सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइँ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिउँनदीको गिरावट तीब्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : १३ बजे

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण