१२ आश्विन २०८३, सोमबार | September 28, 2026

लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने



भैरहवा । लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ ।

एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेशनमै राखिएको छ ।

लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो । ति, साधनहरू सञ्चालन गर्नका लागि चार्जिङ स्टेशनसमेत तयार भइसके पनि सञ्चालनका लागि कार्यविधि नभएकोले अगाडि बढ्न सकेको थिएन ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्नका लागि कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । गत २१ जेठमा बनाइएको कार्यदलले गाडी सञ्चालन सम्बन्धी कार्यविधि बनाउने र अवस्थालगायतका बारे प्रतिवेदन बनाउने प्रक्रियामा गएपछि सञ्चालनको आश जागेको छ ।

विभिन्न बहानामा लुम्बिनीमा थन्काएर राखिएका १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी कार्यदलले गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

विद्युतीय गाडीहरू कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडी बढाइएको छ । नम्बर प्लेटको विषयमा टु‌गो लागेको छैन, सेतो नम्बर प्लेटमा सवारीसाधन त भयो अब हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेटमा राख्ने विषयमा गृहकार्य भइरहेको छ ।

सवारीसाधनहरूको अवस्था बुझ्दा पाँचवटा भ्यान र पाँचवटा बस सञ्चालन योग्य छ भने नाैवटा भ्यानको ब्यट्रीमा समस्या देखिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ११ : २७ बजे

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग