२५ श्रावण २०८३, सोमबार | August 10, 2026

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै



काठमाडौं । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार ती विमानस्थलमा नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको छ ।

ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको प्रवक्ता निरौलाले बताए ।

उनले विमानस्थल साँघुरो भएकाले व्यवसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको जानकारी दिए । “तराई क्षेत्रका विमानस्थलका पुराना संरचना करिब जीर्ण अवस्थामा छन् । ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवनमा यात्रु व्यवस्थापन र विमानस्थलको अत्यावश्यक सुविधा विस्तार गर्न कठिन हुने भएकाले आधुनिक सुविधासम्पन्न टर्मिनल भवन बनाउन प्राधिकरणले प्रक्रिया थालेको छ”, उनले भने ।

बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ । ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहित हुनेछ । आन्तरिकमा पसलकबलसहितको एयर कण्डिसन, खुला र फराकिलो हुने गरी बनाइने छ । एक महिनाको सूचनापछि मूल्याङ्कन गरेर दुई महिनाभित्रै ‘अवार्ड’ हुनेछ ।

प्राधिकरणका प्रवक्ता निरौलाले चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । निर्माणाधीन जुम्ला, तुम्लिङटार र साँफेबगरको काम सकिन लागेको छ । जुम्लाको टर्मिनल भवन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्राधिकरणका अनुसार मुलुकमा हाल तीन अन्तर्राष्ट्रियसहित जम्मा ५३ विमानस्थल निर्माण भएका छन् । तीमध्ये अहिले ३३ विमानस्थल सञ्चालनमा रहेका छन् भने बाँकी २० विमानस्थल निर्माण भएर पनि सञ्चालन भएका छैनन् । हालसम्म ४० विमानस्थल कालोपत्र गरिएका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । पोखरा क्षेत्रीय विमानस्थल आगामी सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर अहिले आन्तरिकमा ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २६ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  २ : २३ बजे

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन