१२ आश्विन २०८३, सोमबार | September 28, 2026

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै



धनगढी । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आउने भएको छ । सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए ।

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए ।

‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो । कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । तर, सेवा सुरु हुने भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने ।

गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालनको तयारी गरिएको उनले बताए ।

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ८ : ४६ बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि