५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमाथिको प्रतिबन्ध फुकुवा



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो ।

यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो ।

त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको थियो ।

भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो ।

सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए ।

फिफाले पूर्ण रुपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो ।

एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआइएफएफको दैनिक गतिबिधीमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।

निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखी ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : २० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने