१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते



महोत्तरी । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।

कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ । छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेको गरेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ । कुटाईपछि हो(हल्ला भएपछि(अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ‘, बलिकाका बुबा साजेन्द्र महराले भने, ‘हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।’

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ‘, उनकी आमा सुन्दरकलाले भनिन् ।

प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।

 

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ३ : १९ बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा