३१ भदौ २०८३, बुधबार | September 16, 2026

मेलम्ची-हेलम्बु सडक अवरुद्ध



सिन्धुपाल्चोक । गए रातिको बाढीले मेलम्ची-हेलम्बु सडकअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स-साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची-६ तालामाराङका योगबहादुर अर्यालले बताए । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् ।

 

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ७ : ३९ बजे

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा