६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बुटवलमा घट्यो तिजको रौनक, तीज पर्व पार्टी प्यालेसमा केन्द्रीत (फोटोफिचर)



बुटवल । केही वर्ष अगाडि सम्म तीजका दिनमा भरिभराउ हुने बुटवलका अधिकांश स्थानहरु यस वर्ष सुनसान जस्तै देखिए । तीजका दिनमा भरिने बुटवल बहुमुखी क्याम्पसका चौर होस् वा सिद्धेश्वर स्कुलको प्राङ्गण, रात्तै सारी लगाएका महिलाहरुले भरिन्थे, तर यस वर्ष बुटवलको देबीनगर चौतारीमा बाहेक अन्य स्थानमा महिलाहरुको खासै चहलपहल देखिएन ।

त्यसो त तीज आउन १ महिना बाँकी छँदा नै कतिपय महिलाहरु तीजगीतमा नाचेर थाकिसकेका पनि थिए । बिभिन्न संघ संस्थाका नाममा होटल र पार्टी प्यालेसहरुमा शुभकामना भन्दै महिनादिन देखि तीजमा नाच्ने धोका पुरा गरेकाले पनि तीजको दिन बुटवलमा चहल पहल नदेखिएको बुटवल बहुमुखी क्याम्पसमा रमझम हेर्न भनेर पुगेका एक दर्शकले बताए । क्याम्पसको प्राङ्गण ज्योतिनगर पहिरोले पुरेपछि क्लास ब्लकको अगाडि एक थान टेण्ट लगाईएपनि मादल बोकेर नाच्न जम्मा हुने महिलाहरु खासै देखिएनन् ।

पुलचोकको दुर्गा मन्दिर, दीपनगरको सिद्धेश्वर स्कुलका प्राङ्गण खाली खाली जस्तै देखिन्थ्यो भने कालिकापथको शिवालय मन्दिरमा पनि सानो संख्यामा भेला भएका महिलाहरुले भजन गाईरहेका देखिन्थे । देबीनगरको चौतारीमा भने यस वर्ष पनि महिलाहरुको जमघट देखियो । त्यहाँपनि मादलमा भन्दा डिजेमा नाच्नेहरु बाक्लो देखिए, तर केही महिलाहरु घरबाटै मादल लिएर गीत गाएको पनि देखियो ।

अचेलको तिजको रौनकतालाई बुटवल उपमहानगरकी उप प्रमुख साबित्रा अर्यालले रत्यौली संस्कति भित्रिएर तीजको रौनकता घटेको बताउँछिन् । तीजको भाकामा परिवारमा बसेर सुन्नै नसकिने गीतहरु बजारमा आएको उपप्रमुख अर्यालको गुनासो छ । खबरकुरासँग कुरा गर्दै उनले महिनादिन पहिले देखि संघसंस्थाहरुको आयोजनामा नाचेर थाकेका कारण पनि तिजको दिनमा महिलाहरु ननिस्केको हुन सक्ने अनुमान पनि गरिन् । ‘रौनकता घटेकै हो, तिजको नाममा बिकृति भित्रिएका छन्, रत्यौलीका गीत जस्तै तिजका गीत छन्, सुन्नै नसकिने ।’ उनले भनिन् ।

आउने साल मौलिकता सहितको तीजगीत कार्यक्रम उपमहानगर आफैले राख्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

बजार अर्थतन्त्र र उपभोगवादी चिन्तनको विकासले मौलिकता र परम्परालाई कब्जा जमाएको विश्लेषक ऋषि आजादको ठहर छ । उनले उपभोक्तावादी चिन्तनले फेसन देखाउनुपर्ने, ठुला ठुला होटल र पार्टी प्यालेसहरुले महिना दिन अगाडि देखि बोलाउने नचाउने, प्रतिस्पर्धा गराउने, र प्रदर्शनमा आकर्षण दिने गरेकाले मौलिकता हराउँदै गएको बताए । ‘बजार अर्थतन्त्र र उपभोक्तावादले मौलिकतामाथि कब्जा जमायो ।’ उनले भने, ‘होटलको एसीमा डिजे बजाएर नाच्ने बानी परेका चौर र खुल्ला मैदानमा नाच्न सक्ने कुरै भएन ।’

 

 

 

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ७ : ०८ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा