८ असार २०८३, सोमबार | June 22, 2026

रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा



काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् ।

चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउन कुलमानलाई आग्रह गरे ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन् :

सामाजिक संजालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।

कुनै अमुक पार्टिको मोहोरा बन्नुभन्द ‘स्वतन्त्र–पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिनेछ । यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ३ : ४७ बजे

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक