२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

ओलीको दाबी – दुनियाँलाई चकित पार्दै एमालेले १५० सिट जित्छ



धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् ।

सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’

उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे ।

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १५० सिट जित्छ । दुनिया चकित पर्नेछ’, उनले भने, ‘कसैले विदेशीको हात समातेर सत्तामा पुग्ने सपना देखेका होलान् ।’ भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।

कार्यक्रम विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेता कार्यकर्तालाई ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ६ : ०८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री