३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पंकज राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा



बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी केन्द्रका तर्फबाट सो पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता पंकज राईले उम्मेदवार बन्ने दावी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।

राजनीतिमा युवा र समावेशी नेतृत्व जरुरी रहेको भन्दै वकालत गर्दै आएका राईले बुधवार रुपन्देही क्षेत्र नंं २ र ३ मध्ये कुनै एउटा क्षेत्रमा पार्टीकोतर्फबाट उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका हुन । राईले आफु कुनै व्यक्तिको विरुद्ध नभएर आफ्नो पार्टीले लिएको समावेशी तथा समाजवादी नीति तथा कार्यक्रमलाई जनताको माझमा लगेर हिमाल पहाड र तराईलाई जोडेर लैजाने उद्देश्यकासाथ उमेद्ववारी दिन लागेको बताएका छन् ।

नेपालको राजनीतिमा एक चर्चित क्षेत्रका रुपमा रहेको रुपन्देही क्षेत्र नं. २ र ३ मा राईले उम्मेदवारी घोषणा गरेसगैं राजनीतिमा युवाहरुको आकर्षण बढेको संकेत गरेको छ । उनको पार्टी बर्तमान गठबन्धनमा रहेर निर्वाचनमा जाने नीति पारित गरेको अवस्थामा राईको उम्मेदवारी घोषणाले गठबन्धनमा नयाँ छलफल हुने संकेत पनि दिएको छ ।

राईले बर्तमान निर्वाचन प्रणाली निकै खर्चिलो र जनताको सहि प्रतिनिधित्व हुने खालको नभएको हुदा त्यसलाई परिर्वतन गरि पूर्ण समावेशी बनाउनु पर्ने बताएका छन् । उनले संघियतालाई बदनाम गर्ने र केन्द्रीय मानसिकता बोकेका जनप्रतिनिधिहरुलाई संघिय प्रणालीलाई फेल गराउन लागेको पनि आरोप लगाएका छन् । राई २०७४ सालमा रुपन्देही क्षेत्र नं. २(क) बाट प्रदेशसभामा नयाँ शक्ति पार्टीबाट उम्मेदवार बनेका थिए ।

रुपन्देही क्षेत्र नंं २ मा २०७४ सालको निर्वाचनमा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल विजयी भएका थिए र यस पटक पनि सो पार्टीबाट पौडेल नै उम्मेदवार हुने निश्चित छ । तर अन्य दलहरुबाट को उम्मेदवार बन्ने हो अहिलेसम्म टुङ्गो लागेको छैन । दलहरुले आआफ्नै दावी छ ।

त्यसक्रममा गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले राजु गुरुङको नाम सिफारिस गरेको जनाइएको छ । गठबन्धनबाट माओवादी केन्द्र र नेपाली कांग्रेसको पनि दाबी छ । माओवादीबाट बामदेव क्षेत्री र विनोद पहाडी मध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने नोपली कांग्रेसले युवराज गिरी र चुन्नप्रसाद पौडेलको नाम चर्चामा रहेको छ ।

उता क्षेत्र नं. ३ मा बर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाण नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्दै छन् भने एमालेका तर्फबाट घनश्याम भुसाल र बासुदेव घिमिरेको चर्चा रहेको छ । अघिल्लो निर्वाचनमा एमालेका भुसाल विजयी भएका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता विष्णु पौडेलले ४४ हजार ३ सय मत ल्याएर जित हासिल गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९३७ मत ल्याएका थिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकीएसँगै उम्मेदवार हुनेहरुको चर्चा हुदा प्राय पुरानै नेताहरु चुनावी प्रतिस्पर्धामा देखिने गरेका छन् । राजनीतिक दलहरुका शिर्ष नेताले भाषणमा युवाहरुलाई हरेक क्षेत्रमा सहभागि गराउने दाबी गरेपनि तिनै नेताहरुको भाषण र व्यवहार भने ठिक उल्टो हुने गरेको छ ।

स्थानिय निर्वाचनमा युवा जनप्रतिनिधिहरुको अनुहार बाक्लै देखिएपछि आगामी मंसिर ४ गतेका हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा युवाहरुको दावी बढदै गएको छ । अहिले युवामात्र होइन नयाँ अनुहार समेत चुनावी मैदानमा आउने तयारीमा छन् ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ६ : १९ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक