३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही एकीकृत समाजवादीले बनायो विष्णु पौडेलसँगै भिड्ने बटमलाईन



बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ मा विष्णु पौडेलसँगै भिड्ने बटमलाईन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको विहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्र दाबी गर्ने निर्णय गरेको हो । बेठकले प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गरेर अगाडि बढ्ने पनि निर्णय गरेको छ ।

केन्द्रीय राजनीतिमा भएको सहमतीलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरि निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिश गरिसकेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । एमाले विभाजन भए लगत्तै गुरुङले आगामी निर्वाचनमा पौडेलसाग भिड्ने घोषणा गरेका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफुहरुले स्वभाविक दावी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेद्वार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गरे । संविधान, लोकतन्त्र र गणतन्त्रमाथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा भएको बताए । त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताईन ।

 

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ६ : ५६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय