८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको देवीनगरमा बन्ने भयो कांग्रेस कम्युनिष्टको संयुक्त पार्क, वडा अध्यक्ष सहित एमालेबाट कार्यक्रम बहिस्कार



बुटवल । बुटवलको देवीनगर स्थित प्रगतिनगरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको संस्थापकको स्मृतिमा पार्क निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकामा नव निर्वाचित नगर प्रमुखले चुनावमा व्यक्त गरेको सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अनुरुप कांग्रेस र कम्युनिष्ट संस्थापकको स्मृर्तिमा संयुक्त पार्क निर्माण हुन लागेको हो ।

उपमहानगरपालिकाले बुटवल ११ नम्बर वडामा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल तथा बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा निर्माण हुने पार्कको आज उक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गरे ।

१७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताए ।

उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने पनि बताए । ‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ, उनले भने–‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मद्दत गर्नेछ ।’ नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘यहाँका बासिन्दाले आफुलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ, उनले भने –यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ ।’

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी पार्क निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने दाबी गरे । उनले पार्क निर्माण भएपछि पर्यटकीय हिसाबले पनि लाभदायी हुने र त्यसको पहिलो लाभ स्थानीयले लिने बताए ।

गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिक सहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।

वडा अध्यक्ष सहित एमालेबाट शिलान्यश कार्यक्रम बहिस्कार
उपमहानगरले आयोजना गरेको शिलान्याश कार्यक्रम सम्बन्धित वडाका वडा अध्यक्ष रामचन्द्र क्षेत्री सहित नेकपा एमालले बहिस्कार गरेको छ । वडामा आयोजना भएको कार्यक्रममा वडासँग परामर्श नगरि वडालाई आयोजक समेत नबनाई आयोजना गरिउकाले बहिस्कार गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । कार्यपालिकाको बैठकबाट वीपी कोइराला र पुष्पलाल स्मृर्ति पार्क बनाउने निर्णय भएपनि पूर्व मेयर सुर्यलाल प्रधानको नाम एकपक्षियरुपमा थपिएपछि पार्टीको निर्णय अनुसार बहिस्कार गरिएको उनले बताए । कार्यक्रममा उपप्रमुख सबित्रादेवी अर्याल पनि अनुपस्थित भइन् ।

पूर्ववत उपमहानगरको कार्यपालिकाबाट सबै विभूती र योगदान गरेकाहरुको एकै स्थानमा सालिक रहने गरि उद्यान बनाउने निर्णय कार्यान्वयन नगरि आफुखुसी बिना गुरु योजना पार्क शिलान्यास कार्यक्रम राखिएको वडा अध्यक्ष क्षेत्रीले आरोप लगाए ।

 

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  २ : ३४ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३