८ पुस २०८२, मंगलबार | December 23, 2025

एआई पौडेल ट्रेडर्सबाट खबरकुराकर्मी श्रेष्ठ सम्मानीत, छात्रवृत्तिको घोषणा



बुटवल । तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको ब्यवसायिक प्रतिष्ठान एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको छ । ११ वर्ष पुगेको अवसरमा प्रतिष्ठानले आज टेक्निसियन एवंम डिलर भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको अवसर पारेर प्रतिष्ठानले विद्यार्थी छात्रवृत्ति, ग्राहक सम्मान, डिलर भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो । शनिबार एक कार्यक्रमका बिच जनजागृति माबि कक्षा ४ का अध्ययरत तुल्सा राना, विबेक नेपाली र कक्षा ८ का वर्षा क्षेत्रीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको छ भने वर्षभरि उत्कृष्ट ग्राहक नारायण भण्डारी एण्ड टिमलाइ सम्मान गरेको छ ।

ट्रेडर्सका संचालक अर्जुन प्रसाद पौडेलले ब्यवसायिक कार्यसंगै सामाजिक उत्तरदायित्वमा आफू निरन्तर सात वर्षदेखि गर्दै आएको बताए । यो वर्ष बेष्ट टेक्निसियन अफ इयरबाट ३ जनालाई सम्मान गरिएको उनले बताए । यसबाहेक प्रत्येक वर्ष गरिब, जेहेन्दारहरुलाई छात्रवृत्ति प्रदान, रक्तदान कार्यक्रम, उपभोक्ता पुरस्कृत जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं २ का वडा अध्यक्ष डिल बहादुर भट्टराईले समाज रुपान्तरण र विकासमा ब्यवसायिक संघसंस्थाहरुको योगदान रहेको बताए ।

प्रतिष्ठानबाट रुपन्देहीको पत्रकारीतामा लामोसमयदेखि सामाजिक विषयबस्तुमा कलम चलाउदै आएका खबरकुराकर्मी स्वस्तिक श्रेष्ठ सम्मानीत भएका छन् । कार्यक्रममा पत्रकार कपिल ज्ञवाली र विश्वास ढकाललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले परिवारका रुपमा एकतावद्घ भई ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा अग्रसर हुन सहयोग सिद्घ हुने बताए ।

ट्रेडर्सले मार्बल टेक्नो प्लाष्ट, पंचकन्या ग्रुप, एभरेष्ट बाथ फिटिङ, बेन्चकार्ड लगायत ब्यवसायिक सामग्री बिक्रिबितिरण गर्दै आएको छ । जसमा एक सय बढि टेक्निसियन, डिलरहरु आवद्घ छन ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : २३ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र