१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

एआई पौडेल ट्रेडर्सबाट खबरकुराकर्मी श्रेष्ठ सम्मानीत, छात्रवृत्तिको घोषणा



बुटवल । तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको ब्यवसायिक प्रतिष्ठान एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको छ । ११ वर्ष पुगेको अवसरमा प्रतिष्ठानले आज टेक्निसियन एवंम डिलर भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको अवसर पारेर प्रतिष्ठानले विद्यार्थी छात्रवृत्ति, ग्राहक सम्मान, डिलर भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो । शनिबार एक कार्यक्रमका बिच जनजागृति माबि कक्षा ४ का अध्ययरत तुल्सा राना, विबेक नेपाली र कक्षा ८ का वर्षा क्षेत्रीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको छ भने वर्षभरि उत्कृष्ट ग्राहक नारायण भण्डारी एण्ड टिमलाइ सम्मान गरेको छ ।

ट्रेडर्सका संचालक अर्जुन प्रसाद पौडेलले ब्यवसायिक कार्यसंगै सामाजिक उत्तरदायित्वमा आफू निरन्तर सात वर्षदेखि गर्दै आएको बताए । यो वर्ष बेष्ट टेक्निसियन अफ इयरबाट ३ जनालाई सम्मान गरिएको उनले बताए । यसबाहेक प्रत्येक वर्ष गरिब, जेहेन्दारहरुलाई छात्रवृत्ति प्रदान, रक्तदान कार्यक्रम, उपभोक्ता पुरस्कृत जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं २ का वडा अध्यक्ष डिल बहादुर भट्टराईले समाज रुपान्तरण र विकासमा ब्यवसायिक संघसंस्थाहरुको योगदान रहेको बताए ।

प्रतिष्ठानबाट रुपन्देहीको पत्रकारीतामा लामोसमयदेखि सामाजिक विषयबस्तुमा कलम चलाउदै आएका खबरकुराकर्मी स्वस्तिक श्रेष्ठ सम्मानीत भएका छन् । कार्यक्रममा पत्रकार कपिल ज्ञवाली र विश्वास ढकाललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले परिवारका रुपमा एकतावद्घ भई ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा अग्रसर हुन सहयोग सिद्घ हुने बताए ।

ट्रेडर्सले मार्बल टेक्नो प्लाष्ट, पंचकन्या ग्रुप, एभरेष्ट बाथ फिटिङ, बेन्चकार्ड लगायत ब्यवसायिक सामग्री बिक्रिबितिरण गर्दै आएको छ । जसमा एक सय बढि टेक्निसियन, डिलरहरु आवद्घ छन ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : २३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा