२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते



काठमाडौं । काठमाडौंंको तीनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षीया महिला रहेकी छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको छ ।

हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित फरार चालकको खोजि भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

यस्तै काठमाण्डौको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते भएका छन् ।

बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १० : ३९ बजे

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका