१० पुस २०८२, बिहिबार | December 25, 2025

शंकर पोखरेलको आरोप : चोलेन्द्रको बयान पक्षमा नभएपछि सरकारले रोक्ने प्रयास गर्‍यो



कैलाली । एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् ।

सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको दाबी गरे ।

महासचिव पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको उनको भनाइ छ ।

‘एमाले र यसका अध्यक्ष केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिन पाँचदलीय गठबन्धन जन्माइएको हो,’ उनले भने, ‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

पोखरेलले जबराको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको आरोप लगाए । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको उनले बताए।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १२ : १८ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु