१७ असार २०८३, बुधबार | July 1, 2026

चोलेन्द्रलाई ‘क्लिनचिट’ दिने संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी बनाउने संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसदका महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको जिकिर गरेको छ । आदेशसँगै सर्वोच्च फर्किने जबराको चाहना समाप्त भएको छ । जबराको यही मंसिर कार्यकाल समाप्त हुन्छ ।

संसदका महासचिव गौतमले महाअभियोग निस्प्रभावि भएको दाबी गर्दै जबराको निलम्बन पनि निस्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा पठाएपछि विवाद भएको थियो । त्यसलगत्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका कानूनव्यवसायीहरुले संसदका महासचिवलाई त्यस्तो पत्र लेख्ने कानूनी अधिकार नभएको जिकिर गर्दै बुधरबार रिट दायर गरेका थिए । सो सिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा आज सुनुवाइ भएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको इजलसामा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ४१ बजे

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो