३१ श्रावण २०८३, आइतबार | August 16, 2026

संवैधानिक इजलासमा शम्भु थापाको बहस – चोलेन्द्र र संसदका महासचिवले राजद्रोहात्मक काम गरे



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र तयार पार्नु संसदका महासचिव भरतराज गौतमले राजद्रोहात्मक काम गरेको दाबी गरेका छन् ।

शुक्रबार शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै थापाले जबरा र संसदका महासचिव भमिलेर राजद्रोहात्मक काम गरेको जिकिर गरेका हुन् । जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको संसद्का महासचिवको पत्रविरुद्धको रिट निवेदनमा बहस गर्दै थापाले सो पत्रले संवैधानिक व्यवस्थालाई नै तहसनहस पारेको आरोप लगाए ।

थापाले भने, त्यो पत्र भनेको राजद्रोहात्मक छ । संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी कसैले पत्र लेख्छ भने त्यो मानहानीको मात्रै विषय हो ररु यो संसद्को महासचिवले चोलेन्द्र शमशेरको निवेदनमा कसरी जवाफ दिन सक्छन् ?
सामान्य अवस्थामा जबराले संसदमा पत्र लेख्न नसक्ने र महासचिवले पनि त्यस्तो ढंगको पत्र लेख्न नसक्ने जिकिर गर्दै मिलेमतोमा दुषित जालसाजी गरिएको दाबी गरे । संसदका महासचिवलाई महाअभियोग निस्प्रभावी भयो भनेर लेख्ने अधिकार नै नभएको उनले जिकिर गरे ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल लगायतले संसदका महासचिवको पत्र विरुद्ध बुधबार रिट दायर गरेका थिए । त्यसमाथि सुनवाइ गर्न सर्वोच्चले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : २७ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका