१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

संवैधानिक इजलासमा शम्भु थापाको बहस – चोलेन्द्र र संसदका महासचिवले राजद्रोहात्मक काम गरे



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र तयार पार्नु संसदका महासचिव भरतराज गौतमले राजद्रोहात्मक काम गरेको दाबी गरेका छन् ।

शुक्रबार शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै थापाले जबरा र संसदका महासचिव भमिलेर राजद्रोहात्मक काम गरेको जिकिर गरेका हुन् । जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको संसद्का महासचिवको पत्रविरुद्धको रिट निवेदनमा बहस गर्दै थापाले सो पत्रले संवैधानिक व्यवस्थालाई नै तहसनहस पारेको आरोप लगाए ।

थापाले भने, त्यो पत्र भनेको राजद्रोहात्मक छ । संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी कसैले पत्र लेख्छ भने त्यो मानहानीको मात्रै विषय हो ररु यो संसद्को महासचिवले चोलेन्द्र शमशेरको निवेदनमा कसरी जवाफ दिन सक्छन् ?
सामान्य अवस्थामा जबराले संसदमा पत्र लेख्न नसक्ने र महासचिवले पनि त्यस्तो ढंगको पत्र लेख्न नसक्ने जिकिर गर्दै मिलेमतोमा दुषित जालसाजी गरिएको दाबी गरे । संसदका महासचिवलाई महाअभियोग निस्प्रभावी भयो भनेर लेख्ने अधिकार नै नभएको उनले जिकिर गरे ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल लगायतले संसदका महासचिवको पत्र विरुद्ध बुधबार रिट दायर गरेका थिए । त्यसमाथि सुनवाइ गर्न सर्वोच्चले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : २७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै