१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन



एजेन्सी । इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ । करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ (ईयू) र नेटोको समेत विरोध गरे ।

कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले  केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा तटस्थ हुनुपर्ने र रुसलगायतका ग्याँस आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष सम्झौता सुनिश्चित गर्नुपर्ने माग गरे । प्रदर्शनमा करिब ७० हजार प्रदर्शनकारीको सहभागिता रहेको पहरीले अनुमान गरेको छ ।

‘हाम्रो प्रदर्शनको उद्देश्य परिवर्तनको माग गर्नु हो । बिजुली र ग्यासको समस्या समाधान गर्नु हो । यसले हाम्रो अर्थतन्त्रलाई शरद ऋतुमा ध्वस्त पार्छ’ कार्यक्रमका सह–आयोजक जिरी ह्याभेलले भने ।

सरकारले विश्वासका मत लिएको एक दिनपछि सरकारविरोधी विशाल प्रदर्शन भएको हो । विपक्षीले मुद्रास्फीति र ऊर्जाको मूल्यमा सरकार निष्क्रिय भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १ : ३९ बजे

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम