३ आश्विन २०८३, शनिबार | September 19, 2026

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ रु एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ रु तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी रु पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेको पाइएको छ ।

विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि रु १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको सजायको माग गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ३ : ०६ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२