१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सात दिनभित्र कर बुझाउन क्यासिनोलाई काठमाडौं महानगरको ताकेता



काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ ।

पटक पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन तोकता दिइएको हो

महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका प्रेमबहादुर आलेले पनि कर नबुझाउने एक दर्जन क्यासिनोको लाइसेन्स खारेज गरेका थिए भने केही क्यासिनोबाट सरकारले पाउनुपर्ने राजस्वबापत कम्तीमा पनि रु एक करोड बढी रकम सरकारका खातामा असुल गराएका थिए ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ६ : ३० बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र