१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रशान्त महासागरमा तैरिने अधिकांश प्लाष्टिकजन्य फोहोर ६ देशबाट जम्मा हुन्छ



टोकियो । प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ ।

विश्लेषण र उचित नमूनापछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् ।

उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोरले ढाकिएको अनुसन्धानमा उल्लेख छ । फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच (एनपीजीपी) भनिएको छ ।

फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ ।

अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् । -एजेन्सी

 

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : ३३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र