११ आश्विन २०८३, आइतबार | September 27, 2026

एकैदिन काठमाडौं उपत्यकामा ३४ सय १९ जना सवारी चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रातो बत्तीको उल्लङ्घन गर्ने ८६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारवाही गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  १० : ४८ बजे

मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य सडक

अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता

काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर