१२ आश्विन २०८३, सोमबार | September 28, 2026

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।

आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।

महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताए ।

“मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ”, उनले भने । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  २ : ४१ बजे

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी

वालिङ । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत्