१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रणमा बाँके प्रहरी नेपालमै उत्कृष्ठ ठहर



नेपालगन्ज । मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा उत्कृष्ठ कार्य गरे बापत संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बाँके प्रहरीले सम्मान गरेको छ । मानव बेचबिखन विरुद्धको अभियानमा बाँके प्रहरीको कार्य सम्पादन प्रभावकारी रहेको भन्दै मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो ।

मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस(२०७९ को अवसरमा पीडितरप्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्‍याउने कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बाँके प्रहरी प्रमुख प्रहरी उपरक्षिक श्यामकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले एसपी अधिकारीलाई सम्मान गरेकी थिईन् ।

बाँके प्रहरीले सम्मान योग्य बनाउनमा सीमाक्षेत्रमा खटिएको सबै दर्जाको प्रहरी युनिटको भूमिका रहेको भन्दै कार्यक्षेत्रमा रहेका प्रहरी कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३४ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार