१० पुस २०८२, बिहिबार | December 25, 2025

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह



काठमाडौं। एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको छ ।

उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै देहायबमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह समेत गरेको छ ।

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम  (सिलबन्दी गरी पेस गर्नुहुन), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ/नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  २ : ४१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु