२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह



काठमाडौंं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन् ।

कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

“बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन् ।” आयोगले भनेको छ ।

डेङ्गु सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ५ : १९ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको