१६ बैशाख २०८२, मंगलबार | April 30, 2025

२९ भदौदेखि नयाँ नोट साट्न सकिने



काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर नयाँ नोट साट्न सकिने छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ६ : १५ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन