५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

पाल्पाका सरकारी कर्मचारीलाई नेकपा बहुमतको युद्धशैलीको ‘वारेन्ट’



पाल्पा । शान्ति प्रक्रियालाई स्विकार गर्दै बैधानिक राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा बहुमतले पाल्पामा कार्यरत एकजना कर्मचारीलाई युद्धशैलीमा ‘वारेन्ट’ जारी गरेको छ । सडक डिभिजन कार्यलय पाल्पामा कार्यरत सुब्बा टोमराज अर्याललाई नेकपा बहुमतले सुराकीको आरोप लगाउँदै दुई दिन भित्र कार्यलयमा उपस्थिति हुन वारेन्ट जारी गरेको हो ।

चेतावनीपूर्ढा वाक्य प्रयोग गर्दै जारि गरिएको वारेन्टमा नेकपा (बहुमत) न्याय विभाग पाल्पाको कार्यालयमा उपस्थित हुन र अन्यथा उपस्थिति नभए कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।

जनयुद्धकालमा तत्कालिन माओवादीले सोही प्रकारको पत्र काट्ने र भनेअनुसारको काम नगरे सफाया सममको कारवाही गर्ने गर्दथ्यो । पत्रमा कस्तो कारवाही गर्ने हो भन्ने विषयमा भने उल्लेख गरिएको छैन । शान्तिपूर्ण राजनीति गर्ने दलले कानुनतः कसैलाई पनि धम्कीपूर्ण शब्दमा उपस्थित हुन आदेश दिन नमिल्ने भएपनि नेकपा बहुमतले छापामार युद्धशैलीमा सुब्बा अर्याललाई पत्रक काटेको हो ।

पत्र काटिएको विषयमा आफुलाई कुनै जानकारी नभएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले सडकमा टोमराज नामका कर्मचारी नभएको र मिल्दोजुल्दो नाम भएका दोमराज अर्याल सडबाट जिल्ला प्रशासनमा सरुवा भएर आएको पनि बताए । उनले उपस्थित हुनु भनेर पत्र काट्नु गैरकानुनी भएको पनि बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : २१ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया