२७ माघ २०८२, मंगलबार | February 10, 2026

पाल्पाका सरकारी कर्मचारीलाई नेकपा बहुमतको युद्धशैलीको ‘वारेन्ट’



पाल्पा । शान्ति प्रक्रियालाई स्विकार गर्दै बैधानिक राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा बहुमतले पाल्पामा कार्यरत एकजना कर्मचारीलाई युद्धशैलीमा ‘वारेन्ट’ जारी गरेको छ । सडक डिभिजन कार्यलय पाल्पामा कार्यरत सुब्बा टोमराज अर्याललाई नेकपा बहुमतले सुराकीको आरोप लगाउँदै दुई दिन भित्र कार्यलयमा उपस्थिति हुन वारेन्ट जारी गरेको हो ।

चेतावनीपूर्ढा वाक्य प्रयोग गर्दै जारि गरिएको वारेन्टमा नेकपा (बहुमत) न्याय विभाग पाल्पाको कार्यालयमा उपस्थित हुन र अन्यथा उपस्थिति नभए कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।

जनयुद्धकालमा तत्कालिन माओवादीले सोही प्रकारको पत्र काट्ने र भनेअनुसारको काम नगरे सफाया सममको कारवाही गर्ने गर्दथ्यो । पत्रमा कस्तो कारवाही गर्ने हो भन्ने विषयमा भने उल्लेख गरिएको छैन । शान्तिपूर्ण राजनीति गर्ने दलले कानुनतः कसैलाई पनि धम्कीपूर्ण शब्दमा उपस्थित हुन आदेश दिन नमिल्ने भएपनि नेकपा बहुमतले छापामार युद्धशैलीमा सुब्बा अर्याललाई पत्रक काटेको हो ।

पत्र काटिएको विषयमा आफुलाई कुनै जानकारी नभएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले सडकमा टोमराज नामका कर्मचारी नभएको र मिल्दोजुल्दो नाम भएका दोमराज अर्याल सडबाट जिल्ला प्रशासनमा सरुवा भएर आएको पनि बताए । उनले उपस्थित हुनु भनेर पत्र काट्नु गैरकानुनी भएको पनि बताए ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ७ : २१ बजे

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस

तामाकोशी नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको

एमाले र जसपा परित्याग गरी नेकपामा प्रवेश, पेरिसडाँडामा प्रचण्डद्वारा स्वागत

काठमाडौं । २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय रहेका मेडिकल व्यवसायी

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न