८ असार २०८३, सोमबार | June 23, 2026

एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल हुन्छ : डा. भट्टराई



सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । पार्टीका अध्यक्ष डा. भट्टराई दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभर दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन् ।

डा. भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए । ‘मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौं । अन्य साथीहरू पूर्व तिरका हिँडेका छन् । हामी चुनावी दौडान मै कर्णाली पुगेका हौं,’ उनले भने ।

केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको उनले बताए । ‘हामीले लक्ष्य फेरेका छैनौं, समावेशिता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको लक्ष्य हो । हामीले नयाँ शक्तिदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उही नै छ । पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन्,’ उनले भने ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ०१ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका