२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा उजुरी



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ ।

१७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्‍यो ।

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षणसमेत गराएको प्रहरीको भनाइ छ । यद्यपि, यो विषयमा प्रहरीले विस्तृत जानकारी उपलब्ध गराएको छैन ।

स्रोतका अनुसार यो घटना भदौ ५ गते रातिको हो । त्यसको भोलिपल्ट सन्दीप पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न ६ भदौमा नैरोबी उडेका थिए । सन्दीप हाल क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिजमा छन् । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका छन ।

पीडित भनिएकी बालिका काठमाडौंको एउटा होस्टेलमा बसेर अध्ययन गरिरहेकी छात्रा भएको बताइन्छ ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार सन्दीपसँग उनी स्न्याप च्याट मार्फत जोडिएकी थिईन् । त्यसपछि उनीहरू इन्स्टाग्राममा समेत जोडिएका थिए ।

भदौ ५ गते साँझ सन्दीपले कफी खाने प्रस्ताव गरेको तथा आफूलाई लिन निजी कारमा होस्टेल नजिक आएको पीडित बालिकाको भनाइ छ ।

बालिका सन्दीपसंग तस्वीर लिन चाहन्थिन् । यद्यपि, सन्दीपले भने उनलाई कारमा बसेपछि भक्तपुर हुँदै नगरकोट पुर्याएको पीडित बालिकाको भनाइ छ ।

बालिकाले होस्टेल फर्किन जिद्दी गरेपछि उनीहरु राति करिब ११ बजे काठमाडौं आएको पीडित बालिकाको भनाइ छ । अबेर राति होस्टेल बन्द भएकाले सन्दीपले उनलाई तिलगंगा एउटा होटलमा बस्न आग्रह गरेको उनको आरोप छ ।

होटेलमा एउटै कोठामा बस्न बाध्य पारेको तथा मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ पारेर आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित बालिकाको छ ।

प्रहरीले मंगलबार साँझदेखि नै पीडितको उजुरीमाथि कारबाही थालेको जनाएको छ । पीडित बालिकाको परिवारले केही दिन भित्रमा सम्पूर्ण घटना विवरण सार्वजनिक हुने बताएका छन् ।

इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ६ : २९ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले