२० बैशाख २०८३, आइतबार | May 3, 2026

पूजाको प्रसाद खाँदा ३५ जना बिरामी



झापा । मेचीनगर-६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।

पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए । अधिकांश बिरामी महिला र बच्चा रहेको पराजुलीको भनाइ छ ।

बिरामीलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, बिएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए । उनका अनुसार चिकित्सकले विषाक्त खानाले बिरामी भएको बताएका छन् ।

 

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ६ : ५१ बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा