१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

वसन्तपुरमा लिङ्गो ठड्याइएसँगै आजबाट इन्द्रजात्रा सुरु (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकाभित्र मनाइने इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो (यस्सिं) ठड्याएसँगै जात्रा सुरू भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउने चलन रहिआएको छ । आज बुधबार बिहान ७ बजेर १५ मिनेटको साइतमा लिङ्गो ठड्याइएको हो ।

भक्तपुरको चित्तपोलस्थित जंगल (अर्थात यस् सिंगुँ) बाट ल्याइएको ३२ हात लम्बाइको लिंगोलाई मानन्धर समुदायले काठमाडौंसम्म ल्याएका थिए ।

लिङ्गो ठड्याउने समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपस्थित रहेका थिए। त्यसअवसरमा गुरुजुको पल्टनले परम्परागत बाजा र मंगलधुनका साथ तोप पड्काएको थियो ।

इन्द्रजात्रामा सबै देवीदेवताको सार्वजनिक प्रदर्शन समेत गर्ने चलन रहेको छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो। इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बी नेवार समुदायले यो जात्रालाई आठ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् ।

 

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  १० : ४२ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति