२५ श्रावण २०८३, सोमबार | August 11, 2026

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित



काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको संघको नवौं चुनावी साधारण सभाबाट चन्द नेतृत्वको समूह निर्वाचित भएको हो ।

चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई २६ मतले पराजित गरे । चन्दले ७६ मत पाउँदा मास्केले ५० मत मात्रै प्राप्त गरिन् । निवार्चनमा कुल १ सय २८ मत खसेको थियो ।

साथै महासचिव पदमा पनि चन्द प्यानलकै रोशन कुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याउँदै मनवीर छन्त्याललाई पन्छाए । कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भए । उनले ७८ मत प्राप्त गरे भने रिता कोईरालाले ४६ मत प्राप्त गरिन् । संघको बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतम लासिभा निर्वाचित भए । याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए ।

सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए । सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुन तथा प्रदेश १ सचिवतर्फ विनोद सुवेदी निर्वाचित भए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : २१ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय