५ असार २०८३, शुक्रबार | June 19, 2026

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन



काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ । महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो ।

बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ ।

सन् १९५२ मा शासन सम्हालेकी उनले बेलायतका ठूला सामाजिक परिवर्तनको साक्षी बनेकी छन् ।

एलिजावेथ १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन् । १९५२ मा बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनेकी थिइन् । एलिजावेथको १९४७ मा राजकुमार फिलिपसँग विवाह भएको थियो ।

एलिजावेथको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने र करिब १० दिनपछि अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ६ : ४८ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको