९ असार २०८३, मंगलबार | June 23, 2026

गठबन्धनमा आज दिउँसोसम्म सिट बाँटफाँटको सहमति हुन्छ : प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सिट बाँटफाँटमा सहमति बन्ने बताएका छन् ।

पोखरामा आज बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा सकारात्मक ढंगले छलफल अघि बढेको बताएका हुन् ।

गठबन्धनका दलहरु सिट बाँटफाँटमा आआफ्नै अडानमा रहँदा सहमति जुट्न सकेको छैन । तर प्रचण्डले आज दिउँसोसम्म सबै विषयमा टुंगोमा पुग्ने जिकिर गरे । प्रचण्डले भने, ‘हामी समझदारी र सहमतिको निकट हामी पुगिसकेका छौं । नेताहरुको फरकफरक कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो । आज ३ बजेबाट टुंग्याउने हिसाबले छलफल गर्दैछौं । त्यस्तो जटिल विषय केही पछि छैन । हामी समाधान गरेर जान्छौं ।’

संविधानको रक्षा गर्ने लोकतन्त्रको रक्षा गर्नेर राष्ट्रियताको रक्षा गर्ने उद्देश्यका साथ गठबन्धन बनाएको बताउँदै प्रचण्डले प्रचण्डल त्यो उद्देश्य पुरा गर्न अझै बाँकी रहेका कारण गठबन्धन कायमै रहने बताए ।

प्रचण्डले नागरिकताको विषयमा कसैले पनि भ्रम फैलाउने या पार्न जरुरी नभएको बताए । उनले जन्मसिद्ध नागरिक बनेकाका छोराछोरीले बंशजको नागरिकता पाउनुपर्ने जिकिर गरे । प्रचण्डले उनीहरुलाई नागरिकताविहिीन बनाउन नहुने स्पष्ट पारे । प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयकलाई अब प्रमाणिकरण गर्ने विश्वास व्यक्त गरे । आफुले राष्ट्रपतिलाई भेट्दा नागरिकताको विषयलाई राजनीतिकरण गर्ने सोच बनाएको आशय व्यक्त गरेको भन्दै प्रचण्डले त्यस्तो भए अदालती विषय बन्ने प्रष्ट पारे ।

प्रचण्डले भने, हिजो केपी ओलीले ल्याएको अध्यादेश ल्याउँदासाथ कुनै सोचविचार नगरी तत्कालै प्रमाणिकरण गर्ने राष्ट्रपतिले सोही अध्यादेशअनुसार ल्याइएको हुबहु विधेयक प्रमाणिकरण नगर्नु दुखद भएको जिकिर गरे । राष्ट्रपतिलाई विधेयक प्रमाणिकरण नगरे अदालतमा प्रवेश पाउने या राजीनामा दिनुपर्ने अवस्था आउने बारे जानकारी गराएको पनि बताए ।

प्रचण्डले मंसिर ४ को निर्वाचन सफलतापूर्व सम्पन्न गर्ने दायित्व सबैमा रहेको जनाए । उनले भने, सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविको सबैको दाियत्व छ । निर्वाचन सफलतापूर्वक सम्पन्न हुने कुरामाकुनै दुविधा छैन । हामी सबै मंसिर ४को पर्खाइमा छौं ।’

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ९ : ४९ बजे

रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत

एमबाप्पेको दुई गोलमा इराक पराजित, फ्रान्स नकआउट चरणमा

काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको

मेस्सीको कीर्तिमानी दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष