२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय



काठमाडौं । एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ ।

विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गरेका थिए ।

महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्याउने योजना विभागले बनाएको छ ।

त्यसैगरी, वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी गरेका कामको पनि अध्ययन गरी अभिलेख तयार गर्ने भएको छ । बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीले तयार गर्ने घोषणापत्रका लागि सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  २ : ४२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले