६ श्रावण २०८३, बुधबार | July 22, 2026

कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ



पोखरा । कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् ।

विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पनि पक्राउ परेकी छिन् ।

पक्राउ परेका दुवैजनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  १० : ३४ बजे

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र