२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बालुवाटारमा सिट बाँटफाँटको बालुवा पेलिँदै, शीर्ष नेता सहमतिको खोजीमा



काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनलाई सिट बाँटफाँटको सकस मिलाउन हम्मेहम्मे परिरहेकोछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर बैठक बसेपछि दलहरुबीच सिटबाँटफाँटमा सहमति जुट्न सकेको छैन् ।

आगामी असोज ३ गते निर्वाचनआयोगलाई दलहरुले क्लस्टर मिलाएर समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्ने कार्यतालिका रहेको छ । प्रत्यक्ष तर्फको सिटका लागि सहमति जुटेपछि मात्र दलहरुले कुन नेतालाई समानुपातिमा पठाउने भन्ने निर्णय गर्न सक्ने भएकाले पनि आज भोलिमै सिट बाँटफाँटको टुंगो लगाउनै पर्ने बाध्यता रहेको छ ।

दलहरुले आआफ्नो अडान छोडेका छैनन् । विशेषगरी नेकपा एकीकृत र जनता समाजवादी पार्टी जसपाले धेरै सिटमा दाबी गर्दा मिलाउन कठिन भएको छलफलमा सहभागी नेताहरुले बताउने गरेका छन् ।

बालुवाटारमा आज पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भैरहेको छ । बैठकमा सिट बाँटफाँट कार्यदलका सदस्यहरु पनि सहभागी छन् । जसपाले ३२ सिट रहेको मधेशमा धेरै सिट नपाए गठबन्धनबाटै बाहिरिने धम्की दिएपछि नेताहरुलाई दबाब परेको थियो । यद्यपी, जसपा अध्यक्ष उपेन्द्र यादव मिलेर जाने पक्षमै रहेपछि समझदारीको थप आशा पलाएको एक नेताले बताए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  १२ : १५ बजे

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम