२९ असार २०८३, सोमबार | July 13, 2026

बागमती प्रदेशमा अव तामाङ र नेपाल भाषामा सरकारी कामकाज गर्न पाइने



काठमाडौं । देशमै पहिलो पटक बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने निर्णय गरेको हो ।

मान्यता पाएका भाषालाई सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रिया पुरा गर्न प्रदेश सरकारका प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

मन्त्रिपरिषद बैठकले अघिल्लो आर्थिक बर्षमा विनियोजित बजेट गएको असार २४ गते सर्भर डाउन भएर भुक्तानी रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया मिलाउने पनि निर्णय गरेको छ ।

प्रवक्ता खनालका अनुसार असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ ।

संबिधानत नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिईएपनि सरकारी कामकाजका लागि प्रदेश सरकारबाट मान्यता दिईएको यो नै पहिलो निर्णय हो ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ८ : ५४ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले