३१ भदौ २०८३, बुधबार | September 16, 2026

नवौँ राष्ट्रिय खेलकुदमा कर्णाली २९ खेलमा सहभागी हुने



कर्णाली । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला-पुरुष), कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला-पुरुष), क्रिकेट, आइटिएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ ।

त्यस्तै कुस्ती, हेण्डबल (महिला-पुरुष), टेबलटेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको, जिम्न्यास्टिक खेलका प्रतिस्पर्धामा भाग लिनेछ ।

लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो । यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारले स्वर्णपदक विजेतालाई रु दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।

परिषद् उपाध्यक्ष हमालले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न गण्डकी प्रदेशबाट आयोजकको झण्डा ग्रहण गर्ने बताए । यसका लागि वीरेन्द्रनगरमा अत्याधुनिक प्रदेश रङ्गशाला निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : ३४ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।