८ पुस २०८२, मंगलबार | December 23, 2025

मानव सेवा आश्रममा भोजन गराएर मनाए औषधी ब्यवसायीले संघको चौथो स्थापना दिवस



बुटवल । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएको छ । मानव सेवामा आश्रितहरुका लागि गरिएको भोजन कार्यक्रमको एक समारोहकाबीच ब्यवसायी संघका निर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उदघाटन गरे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाइ निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, जिल्लाका महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापा लगायतले संस्थागतका साथै ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समुहका अनाथ असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताईन । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसंग सहकार्य गरि मानवताका लागि सागितिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले जानकारी दिईन् ।

हाल ७ प्रदेशमा २५ वटा सेवा आश्रममा १ हजार ६ सय भन्दा बढी अनाथ असहायहरु आश्रीत छन । बुटवलमा भाडामा संचालनमा रहेको आश्रम अहिले तिलोत्तमा नगरपालिकामा आफनै भवन निर्माण गरि सारिएको छ । रुपन्देही शाखामा १ सय ५० जना आश्रित छन ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : ०० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना